तोडिएको वीरेन्द्रको शालिक पुन: राखेपछि नेपालगञ्जमा तनाव

2:05 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
२०६२/०६३को जन आन्दोलनका क्रममा आन्दोलनकारीले तोडफोड गरेर भत्काइएको स्वर्गीय राजा वीरेन्द्रको शालिक राष्ट्रवादी युवाहरूको समूहले बिहीबार पुनः नेपालगन्जको धम्बोझी  चोकमा राखेका छन्।
 
नेपालको राष्ट्रिय झन्डा राखिएको धम्बोझी चौकमा प्रहरीलाई झुक्याउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थक युवाहरूको समूहले राजा वीरेन्द्रको शालिक राखेका हुन्।
 
राजा वीरेन्द्रको शालिक राखेपछि युवाहरूले ‘राजा आउ देश बचाउ’ भन्दै नाराबाजीसमेत गरेका थिए।
 
युवा समूहले वीरेन्द्रको शालिक राखेपछि प्रहरी र युवाहरुबीच केहीबेर झडपसमेत भएको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो। राखेको शालिक प्रहरी प्रशासनले हटाए त्यसको डटेर प्रतिकार गर्ने युवाहरूले बताएका छन्। 
 
धम्बोझी चोकमा स्थिति तनावग्रस्त बन्दै गएपछि ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ। नेपालगञ्जका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थका अनुसार अहिले प्रहरीले उक्त स्थानलाई आफ्नो नियन्त्रणमा राखेको छ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
Older Post
Trend Hunter

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images