पाँच हजार नेपाली चेली बेच्ने भारतीय दम्पती पक्राउ : कारवाहीको लागि सबैले शेयर गरौ
10:12 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, भदौ १४। पाँच हजार नेपाली र भारतीय लगायत अन्यदेशका चेलीबेटी बेचेको आरोपमा एक दम्पतीसहित ६ सहयोगी पक्राउ परेका छन्। मानव बेचविखनको आरोपमा दिल्ली प्रहरीले ४५ वर्षीया सारा र उनका ५० वर्षीय पति हुसेनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका हुसेन दम्पत्तिले नेपालका लगायत भारतको पश्चिम बंगाल, कर्नाटक, उडिसा, आन्ध्र प्रदेश, आसाम लगायतका क्षेत्रका ५ हजारभन्दा बढी युवतीलाई ललाइफकाइ कोठरीमा बेचेको समाचार इन्डिया टुडेले जनाएको छ।
हुसेन दम्पतीले ५० हजारमा नेपाल, भारत लगायतका देशका युवतीहरुलाई किनेर कोठरीमा २ लाख भन्दी बढी पैसामा बेच्ने गरेको प्रहरीको दाबी छ।
प्रहरीले ती दम्पतिलाई पक्राउ गरे पनि यसबारेमा थप बताउन चाहेका छैनन्।
प्रहरीले ती दम्पतिलाई पक्राउ गरे पनि यसबारेमा थप बताउन चाहेका छैनन्।
समाचारहरुमा बताइएअनुसार हुसेन दम्पतिले पहिले भारतको जीबी रोडमा कोठीको धन्दा चलाएका थिए।
दम्पतिमाथि चेलीबेटी बेचेकोमा धेरे मद्दा
यी हुसेन दम्पतिमाथि नेपाल लगायत धेरै देशका महिलाहरुलाई बेचेको आरोपमा मुद्दा चलाइएको छ। जसमध्ये सारा १९९० मा पनि पक्राउ परेकी थिइन्।
यस्तै साराले सन् २००१ मा ७ वर्षको जेल सजाय काटेकी थिइन्। तर, जेलबाट रिहा भए लगत्तै उनी फेरि यही धन्दामा लागेको प्रहरीको आरोप छ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments