२०६२/०६३को जन आन्दोलनका क्रममा आन्दोलनकारीले तोडफोड गरेर भत्काइएको स्वर्गीय राजा वीरेन्द्रको शालिक राष्ट्रवादी युवाहरूको समूहले बिहीबार पुनः नेपालगन्जको धम्बोझी चोकमा राखेका छन्।
नेपालको राष्ट्रिय झन्डा राखिएको धम्बोझी चौकमा प्रहरीलाई झुक्याउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थक युवाहरूको समूहले राजा वीरेन्द्रको शालिक राखेका हुन्।
राजा वीरेन्द्रको शालिक राखेपछि युवाहरूले ‘राजा आउ देश बचाउ’ भन्दै नाराबाजीसमेत गरेका थिए।
युवा समूहले वीरेन्द्रको शालिक राखेपछि प्रहरी र युवाहरुबीच केहीबेर झडपसमेत भएको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो। राखेको शालिक प्रहरी प्रशासनले हटाए त्यसको डटेर प्रतिकार गर्ने युवाहरूले बताएका छन्।
धम्बोझी चोकमा स्थिति तनावग्रस्त बन्दै गएपछि ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ। नेपालगञ्जका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थका अनुसार अहिले प्रहरीले उक्त स्थानलाई आफ्नो नियन्त्रणमा राखेको छ।
- 2:05 AM
- 0 Comments

सबै मानिस धेरै बाच्न चाहन्छन् । तर, संसारकै सबैभन्दा वृद्ध व्यक्तिको चाहना भने अलि फरक छ । इन्डोनेसियाका मबा गोथे अहिले १४५ वर्षका भए । उनको जन्म सन् १८७० मा भएको अन्तराष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन् ।
नक्कली तस्बिर पेस गरी सगरमाथा आरोहण गरेको दाबी प्रमाणित भएपछि नेपाल सरकारले भारतीय जोडी दिनेश राथोड र ताराकेश्वरी राथोडलाई १० वर्षे प्रतिबन्ध लगाएको छ ।अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।















