अन्तरास्ट्रिय आतंकवादी संगठन आईएसका बरिस्ट नेताको भयो मृतु
10:23 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
इस्लामिक स्टेट सम्बद्ध वेबसाइट अमाकले सिरियाको एलेप्पो प्रान्तमा सैन्य कारबाहीको निरीक्षण गरिरहेको बेला उनी मारिएको जनाएको हो।
तर उनको हत्या कहिले र कसरी भएको विवरणहरु दिइएको छैन।
अमाकले भनेको छ, एलेप्पोविरुद्धको सैन्य अभियानलाई निस्तेज पार्ने कारबाहीको निरीक्षण गरिरहेका बेला अदनानीलाई 'शहीद' बनाइएको हो।
निशाना
एलेप्पो शहरमा सरकारी फौजको घेराबन्दीलाई विद्रोही समूहले तोड्ने क्रममा हालैका साताहरुमा लडाईं तीव्र बनेको छ।
र, सिरिया तथा रुसी लडाकु विमानहरुले विद्रोही नियन्त्रित क्षेत्रमा हवाई हमला जारी राखेका छन्।
एकजना अमेरिकी अधिकारीले मंगलबार उक्त क्षेत्रमा भएको हवाई हमलाले आइएसका वरिष्ठ नेतालाई निशाना बनाएको बीबीसीलाई बताए।
ती अमेरिकी अधिकारीले एलेप्पो शहरको उत्तर-पूर्वमा पर्ने अल-बाब नगरमा हमला भएको बताएका छन् तर उनले अदनानी मारिएको पुष्टि गरेका छैनन्।
इस्लामिक स्टेट समूहका संस्थापक सदस्य अदनानी नै युरोप र अन्य ठाउँका आक्रमणका मुख्य योजनाकार रहेको बताइन्छ।
धक्का
बीबीसीका सुरक्षा संवाददाता फ्र्या्ंक गार्डनरले भने, "यो वर्ष तथाकथित इस्लामिक स्टेटको नेतृत्वलाई लागेको यो एउटा महत्वपूर्ण धक्का हो। इस्लामिक स्टेटले सामाजिक मिडियाका सन्देशहरुमार्फत लामो समयदेखि विश्वव्यापी आतंक अभियानको दुष्प्रचार गर्दै आएको थियो। र, अदनानी उक्त दुष्प्रचारका देखिने अनुहार थिए।"
अमेरिकी वरिष्ठ रक्षा अधिकारीले बीबीसीलाई उत्तर-पूर्वी अलेप्पोस्थित अलबाबमा मंगलबार भएको हवाई हमलाको परिणाम अझै मूल्यांकन भइरहेको जनाएका छन्।
अमेरिकाको विदेश मन्त्रालयले अदनानीलाई विश्वव्यापी आतंकवादीको संज्ञा दिएको थियो।
उनलाई नियन्त्रणमा लिनका लागि सूचना दिनेलाई ५० लाख डलरसम्म इनाम स्वरुप दिने उसले थियो।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments