­
­

मेलिना राईको आवाजमा - काँडाले घोच्ला विस्तारै जाऊ, संसार नौलो-नौलो सजाऊ :: Watch video >>>>

10:46 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
यलजी विवशको शब्द रचना र डी. आर. अटूको संगीत तथा धनु ग्याङमी र संगीतकार अटुको संयुक्त एरेन्जमा बनेको गीतको भिडियो पृथक शैलीमा सार्वजनिक भएको छ l मेलिना राईको आवाजमा रहेको सो गीतलाई संगीतकार, गायक तथा भिडियो निर्देशकको बहुमुखी परिचय बनाएका रमेश संग्रौलाले क्यामेरा समेत आफै चलाएर पृथक शैलीमा भिडियो तयार परेका हुन् l प्राय पर्दा पछाडी हुने गरेका गीतका बाद्यबादक स्वयम्ले भिडियोमा पनि उपस्थिति जनाएका छन् l भायोलिन बादक रबिन कार्की ढली , बाँसुरी बादक नगेन्द्र राइ लगायतले भिडियोमा आफै बाद्यबादकको भूमिका निभाएका हुन् l बाद्यबादनमा प्रताप तामाङ र दिपेश राजबंशी ले पनि भिडियोमा साथ् दिएका छन् l लिम्दुमी क्रियशन को प्रस्तुति रहेको यस गीतको कभर संग प्रतियोगिता पनि गरिने भएको छ जस अनुसार गायक गायिकाले यो गीतलाइ राम्ररी सुनेपछि ट्रयाकमा गाएर dratu87@gmail.com मा पठाउनु पर्ने छ l ख्यातिप्राप्त संगीतकार हरुको निष्पक्ष जजमेन्ट अनुसार उत्कृष्ट एक प्रतियोगीले यसै गीतका सर्जक हरुको गीत तथा संगीतमा Limdumi Creation मार्फत अर्को एक बिल्कुलै नयाँ गीत सित्तैमा रेकर्ड गर्ने अवसर प्रदान गरिने लिम्दुमी क्रियशनले जनाएको छ l साथै उक्त गीतको स्टुडियो भिडियोपनि बनाइने छ र यस प्रयोजनको लागि यो गीतको म्युजिक ट्रयाक पनि यसै च्यानलमा अपलोड हुँदै छ l पुनश्च : महिला पुरुष सबैले सहभागिता जनाउन सक्ने गीतका संगीतकार तथा लिम्दुमी
कृयशनका प्रमुख डी. आर . अटू ले बताएका छन् l
भिडियो सहित हेर्नुहोस !
Advertisement

← Previous Story

Next Story →

Trend Hunter

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images