७२ किलोमिटरको बाहिरी चक्रपथ निर्माणको बाटो खुल्यो, ५ वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य

10:42 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं - लामो समयपछि बाहिरी चक्रपथको काम अघि बढ्ने भएको छ । उपत्यका विकास प्राधिकरणले बाहिरी चक्रपथ निर्माणको कामअघि बढाउन सो क्षेत्रमा जग्गा पर्नेले दाबी विरोध गर्न प्रकाशित गरेको सूचनामा थोरै संख्यामा उजुरी परेपछि चक्रपथ निर्माणको बाटो खुलेको हो ।


गत महिना प्राधिकरणले बाहिरी चक्रपथ निर्माणमा दाबी विरोध गर्न गरिएको सूचनामा जम्मा ९५ जनाले मात्र असहमति जनाएको प्राधिकरणका आयुक्त डा. भाइकाजी तिवारीले जानकारी दिए । उनका अनुसार यो नगन्य मात्र हो । भूकम्पका कारण साना बाटोमा जथाभावी घर निर्माण गर्न हुन्न भन्ने चेतनाका कारण बाहिरी चक्रपथ निर्माणमा अवरोध नआएको तिवारीले बताए । स्थानीयले बाहिरी चक्रपथको महत्व बुझेका कारण आयोजनाअघि बढाउन बाटो खुलेको उनको भनाइ छ।


स्थानीयको गुनासो सुनेपछि जग्गा किनबेच बन्द गर्न सूचना जारी गरिने प्राधिकरणले जनाएको छ । बाहिरी चक्रपथको विभिन्न स्थानमा विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको तिवारीले जानकारी दिए । बाहिरी चक्रपथ आगामी ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजनाको लागत अनुमान करिब ६ अर्ब रुपैयाँभन्दा बढी छ ।


सरकारले आव २०५६र०५७ मा बाहिरी चक्रपथको परिकल्पना गरी आव २०६१र६२ मा आयोजनाको काम सुरु गरेको थियो । ७२ किलोमिटरको बाहिरी चक्रपथ काठमाडौंमा ३५।०८, भक्तपुरमा २१।०५ र ललितपुरमा १५।८० बनाइने आयोजनाले जनाएको छ । चक्रपथको दायाँ बायाँ २५० मिटर जग्गा एकीकरण गरिनेछ।


बाहिरी चक्रपथ काठमाडौंको चोभार, मच्छेगाउँ, सतुङ्गल, नैकाप, पुरानो भञ्जाङ, सीतापाइला, नागार्जुन डाँडा, नेपालटार, गोंगबु, थलीडाँछीका क्षेत्रमा सडक विस्तार गरिनेछ । त्यसैगरी ललितपुरमा बुङमती, छम्पी, लुभु, खोकना, सिद्धिपुर, ठैव, धापाखेल रहनेछ भक्तपुरमा वागेश्वरी, सुडाल, कटुञ्जे, चाँगुनाराण, झौखेल, दुवाकोट, नयाँठिमी सिरुटारलाई समेटिने छ।


चक्रपथसहित व्यवस्थित बस्ती विकास गर्दा झन्डै सात हजार दुई सय रोपनी कृषियोग्य भूमि अधिग्रहण गर्दा बाटोमा पर्ने जग्गाधनी विस्थापित हुनुपर्ने भएकाले स्थानीयबाट विरोध भएपछि आयोजना अघि बढ्न सकेको थिएन। कारोबार दैनिकबाट

भिडियो सहित हेर्नुहोस !
Advertisement
Newer Post Older Post
Trend Hunter

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images