पृथ्वीको सतह वा क्रस्ट विभिन्न महादिपहरूले बनेको छ जसलाई भूगर्भ विज्ञानको भाषामा प्लेट पनि भनिन्छ। नेपाल भौगोलिक रुपमा भारतीय महादिप र एसियन महादिपको बिचमा अवस्थित छ। यि महादिपहरू तल रहेको म्यान्टलको माथिल्लो सतह तरल भएकाले त्यसमा तैरिरहेका हुन्छन्। तरल म्यान्टलमा ताप र चापको फरकले गर्दा कन्भेक्सन करेन्टहरु पैदा हुन्छन् जसले सतहमा तैरिरहेका महादिपहरुलाई चलायमान बनाउँदछन्। यसलाई बुझ्नको लागि एउटा उदाहरण लिन सकिन्छ। जब एउटा भाँडोमा हामि पानी तताउँछौं तलपट्टिको चिसो पानी पहिले तात्छ र हलुका हुन्छ। हलुका भएको पानीमाथि आउन खोज्छ र चिसो पानी तल गइ फेरि तात्छ। यसो हुँदा पानी भकभक गरी उम्लिएको देखिन्छ त्यसलाइ नै कन्भेक्सन करेन्ट भनिन्छ।
- 2:27 AM
- 0 Comments

सबै मानिस धेरै बाच्न चाहन्छन् । तर, संसारकै सबैभन्दा वृद्ध व्यक्तिको चाहना भने अलि फरक छ । इन्डोनेसियाका मबा गोथे अहिले १४५ वर्षका भए । उनको जन्म सन् १८७० मा भएको अन्तराष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन् ।
नक्कली तस्बिर पेस गरी सगरमाथा आरोहण गरेको दाबी प्रमाणित भएपछि नेपाल सरकारले भारतीय जोडी दिनेश राथोड र ताराकेश्वरी राथोडलाई १० वर्षे प्रतिबन्ध लगाएको छ ।अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।



















