‘प्रत्येक दिन ३० जनाका दरले ४ वर्षसम्म मेरो बलात्कार गरिरहे’

6:56 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
मेक्सिको / मेक्सिकोमा अपराधका घटनाहरु धेरै हुने गर्छन् । मानव तस्करीका लागि समेत मेक्सिकोको अपराधिक संगठनहरु विश्वभर फैलिएको एक अध्ययनले देखाएको छ । मेक्सिको सरकारले अपराधिक संगठनलाई तह लगाउन नसक्दा यस्ता अपराधिक घटनाहरु धेरै हुने गरेको हो ।

एउटी युवतीले मेक्सिकोमा आफुमाथि भएको हिंसाबारे बोलेकी छिन् । सिएनएनसँग बोल्ने क्रममा उनले यस्तो रहस्य खोलेकी हुन् । कार्ला जासिन्टोलाई लाग्छ उनी ४३ हजार २ सय पटक बलात्कार भएकी छिन् । उनी भन्छिन्,‘प्रत्येक दिन  ३० जना मानिसहरुले ४ वर्षसम्म मलाई बलात्कार गरे ।’

१२ वर्षीकी हुदाँ एकजना मानिसले ललाईफकाई गर्ने गरेको उनले बताइन् । उनी भन्छिन्,‘एकजनामा मानिस थियो । उसले मलाई गिफ्ट, पैसा, कारहरु दिनेगथ्र्यो ।’उसको प्रलोभनमा परेपछि उनी मेक्सिको सहर टलाक्सकलामा उसँगै गइन् । ‘त्यहाँ वेश्वावृतिका लागि काम गर्ने विभिन्न महिलाहरु लगिने ठाउँ रहेछ । बेश्यावृतिका लागि बाध्य पारी धन्दा गराउने काम त्यहाँ हुनेगर्छ’, उनले बताइन् ।

rapeतीन महिनासम्म उनी उक्त मानवतस्करसँग उक्त ठाउँमा बसिइन् । त्यसपछि उनलाई उक्त व्यक्तिले गुएडालाजारा, मेक्सिकोको ठुलो सहरमा लिएर गएको थियो । त्यसपछि उनीलाई बेश्याबृति गर्न बाध्य बनाइयो ।उनी भन्छिन्,‘म विहान १० बजेबाट सुरु गर्थे र मध्येराति सकिन्थ्यो । केही मानिसहरु म रोएको देखेर हास्ने गर्थे । उनीहरु मेरो शरिरमाथि चढ्थे । म आखाँ चिम्लिएर बस्ने गर्थे । उनीहरुले गरेका हर्कतहरु मलाई महसुस हुनै छोडेको थियो ।’

उनलाई वेश्यावृतिमा लगाउन बाध्य बनाएका ती मानवतस्कर व्यक्तिले नराम्रोसँग कुटपिट गरेको उनले बताइन् । उनको घाटीमा लिपिस्टिको दाग देखेपछि उसले कुट्न सुरु गरेको थियो । उनी भन्छिन्,‘मलाई चेनले पिटेको थियो । मुक्कानै मुक्काले हान्यो । लात्ताले हान्यो । मेरो कपाल टान्दै मलाई घसिटेर यताउता गरेको थियो । मेरो मुखमा बारम्बार थुक्यो । मलाई आइरनले समेत पोल्दिएको थियो ।’

प्रहरीहरुले समेत असहयोग गरे । नंग अवस्थामा रहेको बेलामा १० वर्षे बालिकाको भिडियो बनाउने काम उनीहरुले गरे । अन्तर्राष्ट्रिय संस्था माइग्रेसनका अनुसार मेक्सिकोमा प्रत्येक वर्ष २० हजारको संख्यामा मानवतस्करी हुने बताएको छ ।अमेरिकामा पनि प्रत्येक १० जनामा ५ जना मोस्ट वान्टेड मानव तस्करहरु टेनासिन्गोबाट रहेका छन् । त्यहाँको जनसँख्या ११ हजार रहेको छ ।जासिन्टोलाई सन् २००६ मा उद्धार गरिएको थियो । उनको उमेर हाल २३ वर्ष रहेको छ । अब उनी मानव तस्कर विरोधी अभियानमा काम गर्दै आइरहेकी छिन् ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
Newer Post Older Post
Trend Hunter

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images