राष्ट्रपति विद्यादेवी भण्डारी लिफ्टमा थुनीएपछि याक एन्ड यतीमा केहीबेर हंगामा

10:31 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
ओएस नेपाल, काठमाडौँ, १३ भदौँ । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार केही बेर राजधानीको एउटा लिफ्टमा थुनीन पुगीन् । उनी स्काउट एसिया प्रशान्त क्षेत्रीय संगठनको १२औं सम्मेलनको होटल याक एन्ड यतीमा उद्घाटनका लागी दोस्रो तलामा जाने क्रममा १ मिनेट लिफ्टमा थुनीएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
स्रोतका अनुसार सम्मेलनको उद्घाटनका लागि प्रमुख अतिथिका रुपमा गएकी उनी उनी समयमै बिहान ११ बजे कार्यक्रम स्थल पुगेपनि लिफ्ट चढ्दा बत्ती गएपछि लिफ्ट रोकियोर केही बेर अड्कीयो । राष्ट्रपति नै चढेको लिफ्ट ठप्प हुँदा वरिपरि सुरक्षाकर्मीहरुको भिड लाग्यो। याक एण्ड एतिमा केही बेर हंगामा नै भयो ।
सुरक्षाकर्मीहरु राष्ट्रपति चढेकै लिफ्ट रोकीँदा आत्तिए । तत्काल प्राविधिक झिकाएर लिफ्ट तल झारियो। नेपालमा पहिलो पटक स्काउट एसिया प्रशान्त क्षेत्रीय संगठनको १२औं सम्मेलनमा बोल्दै उनले स्काउटले युवा तथा विद्यार्थीमा सकारात्मक सोच र राष्ट्रपतिको जिम्मेवारी बोध गराउन सहयोग गरेको बताइन्।
भिडियो सहित हेर्नुहोस !
Advertisement
Newer Post Older Post
Trend Hunter

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images