चिन र भारतमा कुन शक्तिसाली ? कसकाे कति छन सेना ? कसकाे हतियार छ शक्तीसाली ?

6:47 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
चिनियाँ राष्ट्रपतिले आफ्नो सेनालाई युद्ध जित्न तयार हुन आदेश दिएपछि सीमा क्षेत्रमा चीनसँग विवाद रहेका देशहरु तनावमा परेका छन् । छिमेकी भारतले पनि चीनबाट असुरक्षा बढेको भन्दै सैन्य तयारी थालेको छ ।चीन युद्धको मुडमा देखिएको भन्दै भारतले पनि युद्धको प्रतिरोधात्मक तयारी थालेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

 टाइम्स अफ इण्डियाका अनुसार भारतले पुर्वोत्तरमा खोजी ड्रोन र मिसाइल पनि तैनाथ गरेको छ । चीनको सीमा क्षेत्र लद्दाखमा ट्याङ्क पनि तैनाथ गरेको छ भने सैनिक जवानको सैख्या बढाएको छ । केही समय अघि मात्र चीनियाँ राष्ट्रपति शी जिनपिङले आफ्नो देशको सेनालाई युद्ध जित्नका लागि तयार रहन आदेश दिएका थिए । युद्ध जित्नका लागि सेना तयारी अवस्थामा रहनु पर्ने र थप मजबुद हुनु पर्ने उनको भनाइ थियो ।
चीन र भारतसँग सेना र हतियारको शक्ति के कस्तो छ?

indian china borderचिनियाँ पिपिल्स लिवरेसन आर्मी पिएलए संसारकै सबैभन्दा ठूलो सेना मानिन्छ । चिनिायँ सेनामा २३ लाख जवान रहेको विश्वास गरिन्छ । चीन संसारको एक मात्र यस्तो देश हो जहाँ सेना पूर्णरुपमा सत्तारुढ दलको नियन्त्रणमा रहन्छ ।

चीन साउथ चाइना सीमा भारत, अमेरिका लगायतका देशले अनावश्यक चासो राखेको भन्दै क्रुद्ध छ । चीनले आफूलाई चारैतिरबाट घेरिरहेको आरोप भारतले लगाउने गरेको छ । सन् १९६२ को युद्धमा कश्मिरको अक्साइ चीनमाथि कब्जा जमाएको थियो । आरुणाचल प्रदेशमा चीन र भारत दुवैले दावी गर्दै आएका छन् । भारत पनि संसारमा धेरै सेना हुने देश मध्ये एक पर्छ । भारतमा १४ लाख सशस्त्र सेना रहेको विश्वास गरिन्छ ।

तथ्याङ्कमा आधारित तुलनाः
वार्षिक रक्षा बजेट

चीनः करिव १५० अर्व डलर अमेरिकी डलर

भारतः करिव ५० अर्व अमेरिकी डलर

मिसाइल

चीनः चीनसँग रहेको DF-31A ICBM अन्तरमहाद्वीपीय बलिस्टिक मिसाइलको रेञ्ज ११२०० किलो मिटर सम्म छ । त्यस्तै JL-2 SLBM नामक सबमरीन लञ्चड बलिस्टिक मिसाइल रेञ्ज- ७२०० किलोमिटर छ ।

भारतः भारतसँग अहिले सम्म ICBM र SLBM मिसाइल नै छैन । भारतसँग रहेको अग्नि मिसाइले ३ हजार किमी रेञ्जमा प्रहार गर्न सक्छ । अग्नि-4 र अग्नि-5 पनि परीक्षणमै छन् ।

परमाणु हतियारको संख्या
भिडियो सहित हेर्नुहोस !
Advertisement
Newer Post Older Post
Trend Hunter

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images